OSNepal शनिबार, मंसिर ११ २०७८

यि हुन् अभिनेता सुशान्त सिंहले पुरा गर्न नसकेका अधुरा सपनाहरु

यि हुन् अभिनेता सुशान्त सिंहले पुरा गर्न नसकेका अधुरा सपनाहरु

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


यि हुन् अभिनेता सुशान्त सिंहले पुरा गर्न नसकेका अधुरा सपनाहरु
Reading Time: < 1 minute

सुशान्त सिंह राजपुत बलिउडका उदाउँदा स्टार रहेका थिए । तर उनले युवाअवस्थामा नै देह त्याग गरे । उनी मान्छे साधारण भए पनि सपना ठुला देखेका थिए । उनको निधन भएको १ बर्ष पुरा भईसकेको छ । उनको निधनका बिषयमा अनुषन्धान अझै पनि जारी छ ।

तर उनले आफुले देखेका ५० सपना भने अधुरो नै छोडेर गए । उनका यस्ता थिए सपनाहरु जुन उनले आफ्नै हातले लेखेर आमदर्शक माझ शेयर गरेका छन् । उनको ठुलो सपना थियो प्लेन उडाउने । त्यस्तै देब्रे हातले क्रिकेट खेल्ने देखी लिएर ट्रेनबाट युरोप जाने समेतका सपना उनले निधन हुनु भन्दा अगाडि सार्वजनिक गरेका थिए ।

त्यस्तै उनले पर्यावरणका लागि योगदान दिन चाहन्थे । उनको १ हजार बिरुवा रोप्ने तयारी समेत रहेको थियो । उनले स्वामी बिबेकानन्दको डकुमेन्ट्रीमा खेल्ने , डिफेन्स फोर्सको लागि बिद्यार्थीलाई तयारी गराउने , महिलाको लागि आत्म सुरक्षाको तालिम दिने तथा क्रिया योगा सिकाउने जस्ता सपना रहेको बताएका थिए ।

त्यस्तै ६ हप्तामा सिक्स प्याक बनाउने , आँखामा समस्या हुनेहरुका लागि कम्युटर कोडिङ सिकाउने , इण्डियन डिफेन्स फोर्सका लागि बालबालिकाहरुलाई तयारी गराउने , कुनै च्याम्पियन संग चेस खेल्ने, ल्याम्बोग्नी कार खरीद गर्ने , १० तरिकाको डान्स सिक्ने लगायतका सपनाहरु रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड