विश्व इतिहासमा आजः लाइवेरियाको पहिलो महिला राष्ट्रपतिदेखि फिलिपिन्समा नरसंहार — OSNepal

विश्व इतिहासमा आजः लाइवेरियाको पहिलो महिला राष्ट्रपतिदेखि फिलिपिन्समा नरसंहार

LC (KTM) November 23, 2021 0

काठमाडाै। आज २३ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः
फिलिपिन्सको नरसंहार
सन् २००९ मा फिलिपिन्सको इतिहासमै डरलाग्दो नरसंहार भएको थियो । २३ नोभेम्बरमा दक्षिणी फिलिपिन्समा मतदाता नामावलीमा नाम दर्ता गर्न गएका ३४ पत्रकारसहित ५७ जनालाई बन्दुकधारीको एउटा समूहले गोली हानेर हत्या गरेका थिए ।

लाइवेरियाले पहिलो महिला राष्ट्रपति
सन् २००५ मा लाईवेरियाले पहिलो महिला राष्ट्रपति पाएको थियो । सोही वर्षको २३ नोभेम्बरमा उनी लाईवेरियाको राष्ट्रपति बनेकी थिइन । उनलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

१०० मिटर उचाइबाट समुद्रमा हाम फाल्ने व्यक्ति
सन् १९७६ मा फ्रान्सेली पुरुष ज्याक्स मेयोल १०० मिटरको उचाइबाट समुद्रमा हाम फालेका थिए । हाम फाल्दा उनी ४९ वर्षका थिए । उनले यसअघि १०५ मिटर उचाइबाट समुद्रमा हाम फालेको आफ्नै रेकर्ड तोडेका थिए ।

स्वीडेनमा मृत्युदण्ड पाउने अन्तिम व्यक्ति
सन् १९१० मा स्वीडेनका जोहन अल्फ्रेड एन्डरलाई मृत्युदण्ड दिइएको थियो । एक महिलाको हत्या अभियोग लागेका एन्डर मृत्युदण्ड पाउने स्वीडेनका अन्तिम नागरिक हुन् । सन् १९२१ मा स्वीडेनले मृत्युदण्डको व्यवस्था अन्त्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर