कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित — OSNepal

कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित

LC (KTM) November 23, 2021 0

काठमाडौँ-नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित हुनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गर्नुभयो ।

यस्तै, सचिवमा जनकराज उप्रेती (१६५), सृजना बुर्लाकोटी अर्याल (१७६), सहसचिवमा दीपेन्द्र थापामगर (१५७) र दिलीप अधिकारी (१६१) मत ल्याई विजय हुनुभएको छ । काठमाडौँ क्षेत्र नं ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए । काठमाडौँ क्षेत्र नं ७ मा काठमाडौँ महानगरपालिका–१६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरु पर्दछन् । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर