नेपाली चलचित्र ‘गुञ्जन’ को निर्माण टोली युनिट दुवई पुग्यो — OSNepal

नेपाली चलचित्र ‘गुञ्जन’ को निर्माण टोली युनिट दुवई पुग्यो

LC (KTM) November 23, 2021 0

काठमाडौं । नेपाली चलचित्र ‘गुञ्जन’ को निर्माण टोली युनिट यतिबेला दुवई पुगेको छ । चलचित्रको गीत ‘सासे चल्छ पल पल तिम्रै मायाको’ छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जनसहित अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको साथमा निर्माण टोली दुबई पुगेको हुो । निर्माण पक्षका अनुसार प्रिमतराज र साराको रोमान्टिक अन्दाजमा चलचित्रको गीत दुवईको विभिन्न आकर्षक स्थलमा छायांकन भइरहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त गीतको छायांकन विदुर पाण्डेले गरेका छन् ।सौर्य दैनिकमा खबर छ । विगत दुई दशकदेखि चलचित्रमा द्वन्द्व निर्देशन गर्दै आएका अष्टको निर्देशन रहेको यो डेब्यु चलचित्र हो । आफूले चलचित्र क्षेत्रबाट सिकेको, जानेको सबै ‘गुञ्जन’ मा लगाएको अष्टले जिकिर गरे ।

प्रेमकथामा आधारित यो चलचित्रमा सारा र प्रितमराजका साथमा अभिनेता सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । प्रितमराजले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् । राजु श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको चलचित्रको काठमाडांै, पोखरा, जोमसोममा छायांकन गरिएको छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको यो चलचित्र एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्ससमेत रहेको निर्माण पक्षले जनाएको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर