अफ्ट्यारो मोडमा पुगेकी अभिनेत्री कंगना माथि देशद्रोहको मुद्दा दर्ता — OSNepal

अफ्ट्यारो मोडमा पुगेकी अभिनेत्री कंगना माथि देशद्रोहको मुद्दा दर्ता

LC (KTM) November 23, 2021 0

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौटविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ । विवादको पर्यायवाचीका रुपमा परिचित उनी कहिले कलाकारिता क्षेत्रसँगै जोडिएको विवादमा आउँछिन् त कहिले राजनीतिक विषयमा टिप्पणी गरेका कारण चर्चामा आइरहन्छिन् । यसैबीच अभिनेत्री कंगनाले मोदी सरकारले कृषि कानुन फिर्ता लिएको विषयमा गरेको प्रतिक्रियाका कारण फेरि विवादमा आएकी छन् । उनको विवादले कंगनाविरुद्ध ‘देशद्रोह’ को मुद्दासमेत दर्ता भएको छ ।

मोदी सरकारले हालै फिर्ता लिएको कृषि कानुनको विषयलाई लिएर अभिनेत्री कंगनाले असन्तुष्टि जनाएकी थिइन् । उनले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको तारिफ गर्दै किसानलाई ‘खालिस्तानी आतंकवादी’ को संज्ञा दिएकी थिइन् । उनको यो बयानलाई लिएर भारतको युवा कांग्रेसका सचिव अमरिश रंगन र कानुनी विभागका संयोजक अन्बुज दीक्षितले उनीविरुद्ध दिल्लीमा उजुरी दिएका छन् ।

अभिनेत्री कंगनाले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा कृषि कानुन फिर्ता भएको सन्दर्भमाथि टिप्पणी गरेकी थिइन् । उनले सञ्जालमा लेखेकी थिइन्, ‘खालिस्तानी आतंकवादीले सायद आज सरकारको हात मोडिरहेको छ । तर भारतकी एक मात्र प्रधानमन्त्रीलाई नभुल्नु, जसले यिनीहरुलाई आफ्नो जुत्तामुनि किचेकी थिइन् । उनले यो देशको लागि कति धेरै कुरा सहेकी छन् भन्ने थाहा छैन् । उनले आफ्नो जिन्दगीको बदलामा कति मच्छडहरुलाई किचेकी छन्, तर देशलाई टुट्न दिइनन् । उनको मृत्युको दशकौपछि पनि आज उनको नामले यिनीहरु काँप्छन् । यिनीहरुलाई त्यस्तै गुरु चाहिन्छ ।’

कंगनाले इन्दिरा र उनको सरकारलाई इंकित गर्दै यस्तो लेखेकी थिइन् । उनले लेखेकी छन्, ‘खालिस्तानी अभियान अघि बढिरहेको समयमा उनको कहानी थप सम्बन्धित लाग्छ ।’ उनले आफ्नो आगामी चलचित्र ‘इमरजेन्सी’ को विज्ञापनसमेत गरेकी छन् । यो चलचित्रमा उनी इन्दिराको भूमिकामा देखिँदै छन् ।

कृषि कानुन फिर्ता लिइरहेको समयमा चलचित्रको विज्ञापनको नाममा अभिनेत्री कंगनाले दिएको यो विवादास्पद बयानका कारण उनीविरुद्ध दिल्लीको पार्लियामेन्ट प्रहरी थानामा उजुरी दर्ता भएको छ ।सौर्य दैनिकमा खबर छ । युवा कांग्रेसका अमरिश रञ्जन पाण्डे र अम्बुज दीक्षित उनीविरुद्ध भारतीय कानुनको धारा ‘१२४ ए ९देशद्रोह०’, ‘५०४ ९शान्ति भंग गर्ने सोचसहित नियतबस अपमान गर्नु०’ र ‘५०५ ९सार्वजनिक रुपमा दंगा गर्ने बयान०’ अन्तर्गत मुद्दा दर्ता गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर