आपसी झगडा पछि गम्भिर घाइते भएका धनबहादुरको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु — OSNepal

आपसी झगडा पछि गम्भिर घाइते भएका धनबहादुरको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु

LC (KTM) November 23, 2021 0

डोटी ७ मंसिर । सामान्य विवादमा एक आपसका झगडा हुँदा एक जनाको ज्यान गएको छ । खाना खाने क्रममा सामान्य विवाद हुँदा भएको झगडामा गम्भिर घाइते भएका निजलाई उपचार गर्ने क्रममा दिपायलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

जिल्लाको बोगटान गाउँपालिका-१ उलटेपानी बस्ने ४९ वर्षीय धन बहादुर मगर र सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन मगर बिच झगडा हुँदा धनबहादुरको ज्यान गएको हो । बोगटान गाउँपालिका-१ उलटेपानी बस्ने टेक बहादुर मगरको घर छाई खाना खाने क्रममा उनीहरु बिच झगडा भएको थियो ।

घटना भएलगत्तै प्रहरी चौकी चमराचौतराबाट खटिएको प्रहरीले मिलनलाई नियन्त्रणमा लिएको छ । साथै अनुशन्धानको विषयलाई पनि अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर