मोटो रकमसहित ६ जना जुवाडे पक्राउ — OSNepal

मोटो रकमसहित ६ जना जुवाडे पक्राउ

LC (KTM) November 23, 2021 0

झापा ७ मंसिर । तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

दमक नगरपालिका-२ बस्ने ४० वर्षीय मोहन कुमार तामाङको घरमा तास खेलिरहेको कुमार सहित ६ जना पक्राउ परेका हुन् ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर