एमालेको स्थायी कमिटिको बैठक बस्दै ,महाधिवेशन प्रतिनिधिहरूको संख्या बढाइँदै — OSNepal

एमालेको स्थायी कमिटिको बैठक बस्दै ,महाधिवेशन प्रतिनिधिहरूको संख्या बढाइँदै

LC (KTM) November 23, 2021 0

काठमाडौं ७ मंसिर । नेकपा एमालेको आज स्थायी कमिटिको बैठक बस्ने भएको छ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठक अहिले ११ बजे ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने भएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार बैठकमा महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने बताएका छन् ।

विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको आज टुंगो लगाउने समेत तामाङले बताएका छन् । यसअघि १ हजार ९ सय ९९ प्रतिनिधि हुने भनिएकोमा ५ प्रतिशत सहित अब २१ सय ५० देखि २२ सय सम्म प्रतिनिधि पुग्नसक्ने पनि उनले जानकारी दिएका छन् ।

योसँगै एमालेको १० औं महाधिवेशनमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू बढ्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर