आफ्नै बुबाले रक्सी खाएर एसिड प्रहार गर्दा १६ बर्षिय छोरी र छोरा घाइते, छोराको गम्भीर अवस्थामा उपचार हुँदै — OSNepal

आफ्नै बुबाले रक्सी खाएर एसिड प्रहार गर्दा १६ बर्षिय छोरी र छोरा घाइते, छोराको गम्भीर अवस्थामा उपचार हुँदै

LC (KTM) November 23, 2021 0

सोलुखुम्बु सोलुखुम्बुको सल्लेरीमा आफ्नै बुबाको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् ।गएराति ८ बजे बुवा मोहन बराइलीले छोराछोरी माथि एसिड प्रहार गरेका हुन् । एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् ।

घाइतेमध्ये छोराको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर