OSNepal बिहिबार, मंसिर १६ २०७८

राती १० बजेपछि लागु भयो यस्तो नियम

राती १० बजेपछि लागु भयो यस्तो नियम

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


राती १० बजेपछि लागु भयो यस्तो नियम
Reading Time: < 1 minute

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ । विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा सो नृत्यमा रोक लगाइएको हो ।

यसैगरी, घण्टाघर नजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होेटल बिपीपार्क, माईस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना अघि बढाइएको हो ।

यसैगरी, वीरगञ्जमा सवारी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा धर्मशाला, होटेल, पार्टीप्यालेसले नै सुरक्षा गार्ड राख्ने र सवारीसाधन पार्किङमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने गर्ने योजना बनाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड