कांग्रेस ललितपुर ३ सभापतिमा थापा विजयी — OSNepal

कांग्रेस ललितपुर ३ सभापतिमा थापा विजयी

LC (KTM) November 23, 2021 0

ललितपुर, ७ मंसिर -नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी भएका छन् । दुई सय १० मत ल्याएर उनी विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार विश्वराज तुलाधरले एक सय ८५ मत पाएको मतदान अधिकृत सुरेश घिमिरेले बताए ।

थापासँगै कार्यसमिति सचिवमा उत्तमकु थापा दुई सय सात र जगतबहादुर महर्जन एक सय ९२ मत ल्याएर विजयी भए । सहसचिव सुन्दरकृष्ण महर्जन दुई सय १६ र राजु बस्नेत एक सय ९४ मतसहित विजयी भएकाे घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर