होशियार! यस्ता खानेकुरा तताएर खाँदा स्वास्थ्यमा आइपर्छन यति धेरै समस्या — OSNepal

होशियार! यस्ता खानेकुरा तताएर खाँदा स्वास्थ्यमा आइपर्छन यति धेरै समस्या

LC (KTM) November 23, 2021 0

काठमाडौँ । व्यस्त जीवनशैलीमा हामी धेरैजसो कि बाहिरको खाना खान्छौ, कि त घरमै भएका खाना सेलाएपछि तताएर खान्छौँ वा दुई पटक खाने खाना एकै पटक पकाएर राख्छौ र पछि तताएर खान्छौ । तर, के तपाईलाई थाहा छ, कुनै – कुनै खानेकुरा सेलाएपछि तताएर खाएमा स्वास्थ्यलाई हानि गर्छ रु त्यसो भए, जान्नुहोस्, कुन–कुन खाना फेरि तताएर खान मिल्दैन ।

आलु – आलुलाई दोहोर्याएर तताएमा त्यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ । यस्तो अवस्थामा तपाई आलु खाएर पेट त भर्नुहुन्छ, तर कुनै पोषक तत्व पाउनुहुन्न । यतिमात्रै होइन यसले तपाईको शरीरलाई पनि असर गर्छ ।चामल९भात० – काँचो चामलमा किटाणु हुन्छन् र पाकेपछि ति सबै मरेर जान्छन् । तर, पाकेको चामल सेलाएपछि फेरि बढ्न थाल्छन् र फेरि तताएपनि मर्दैनन् । त्यसैले, भात पाकेपछि ताजै खानेगर्नुहोस् ।

पालुंगो साग – पालुंगोको सागलाई पनि दोहोर्याएर तताएमा यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ । त्यसैले दोहोर्याएर तताएर नखानुहोस् ।मासु – कुनै पनि प्रकारको मासुजन्य खानेकुरालाई तताएर खान हुँदैन । यसो गरेमा बिष बन्छ र तपाई बिरामी पर्न सक्नुहुन्छ ।च्याउ – च्याउलाई कहिल्यै दोहोर्याएर तताएर खाने नगर्नुहोस् । यसो गर्नु तपाईको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर