OSNepal आइतबार, मंसिर १२ २०७८

सडक खनेर छाडेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या

सडक खनेर छाडेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


सडक खनेर छाडेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या
Reading Time: 3 minutes

सप्तरीको राजविराजस्थित सोनार लाइनको बजारमा जीर्ण सडकलाई खनेपछि हिलाम्य देखिएको सडक बाटो । यसरी सडक खनेर छाडेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ ।

पर्यटकको सहजताका लागि पदर्मागमा ‘स्नो पोल’-फुङ्लिङ,- विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर (बेस क्याम्पसम्म) पदमार्ग क्षेत्रमा हिउँले बाटो नदेखिने समस्या समाधान गर्न साङ्केतिक चिह्न ‘स्नो पोल’ राखिएकोे छ । हिउँ पर्ने याममा पर्यटकले बाटो भुल्ने भएकाले पदमार्गमा यस्तो व्यवस्था गरिएकोे हो ।

हिउँले पदमार्ग छोपिएका बेला एउटा पोलदेखि अर्को पोलसम्म देखिने गरी सङ्केत चिन्ह राखिएको छ । कोभिड–१९ का कारणले दुई वर्ष प्रायः सुनसान जस्तै हरेको कञ्चनजङ्घा क्षेत्रमा गत महिनादेखि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटकहरुले बाटो नभुलोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । साङ्केतिक वोर्डहरू नभएका र हिउँ पर्दा पर्यटक हराउने वा बाटो भुलेर दुःख पाउनेजस्तासमस्या समाधान गर्न पोल राखिएको हो । पर्यटकहरुको भ्रमणलाई सहज तुल्याउनका लागि रङ लगाएर पदमार्गको बेस क्याम्पसम्म स्नो पोल गाडिएको छ । वित्त तथा दीर्घकालीन पर्यटन विकास कार्यक्रम र समृद्ध पहाडको प्राविधिक सहयोगमा १२० थान स्नो पोल र एक सय थान साइन बोर्ड राखिएको छ ।
कञ्चनजङ्घा क्षेत्रमा रहेका स्थानीय समुदायको जीवनस्तरमा प्रत्यक्ष टेवा पु¥याउने उद्देश्यले समृद्ध पहाडको सहयोगमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा स्नो पोल खारिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन लिम्बूले बताउनुभयो ।

कञ्चनजङ्घा हिमालका उत्तर र दक्षिण गरी दुई बेस क्याम्प छ । दुवैतिर पर्यटकलाई सजिलो होस् भन्ने हिसाबले उत्तरदेखि आधार शिविर जाने पदर्मागमा ८० थान र दक्षिणदेखि कञ्चनजङ्घा आधार शिविर जाने पदमार्गमा ४० थान स्नो पोल राखिएको उहाँको
भनाइ थियो । घुन्सादेखि उत्तरी बेस क्याम्प पाङपेमा बेस क्याम्पसम्म पोल गाडिएको छ । रानीपुलदेखि भरियालाई बोकाएर ती सामान लगिएको थियोे । खम्बाचेन, लोनाक हुँदै बेस क्याम्पसम्म पोल राखिएको छ । पाङपेको बेस क्याम्प पाँच हजार १४० मिटर उचाइमा पर्दछ ।

“हिउँ पर्न थालेपछि बाटो छोपिन थाल्छ । पर्यटकले बाटो भुल्ने खतरा हुन्छ । यस किसिमका अग्ला पोल राख्दा बाटो पहिल्याउन सजिलो हुन्छ,” फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले भन्नुुभयो । कञ्चनजङ्घा पदयात्रा पर्यटकको रोजाइमा पर्ने भए पनि यहाँका पर्याप्त पूर्वाधारको विकास भने सोही अनुरूप हुन सकेको छैन र पदमार्ग पनि व्यवस्थित गर्न सकिएको छैन ।

कार्यक्रम सहायक लिम्बूका अनुसार घुन्साबाट र सेलेले पासबाट दक्षिणी बेस क्याम्प जाने ठाउँमा पनि यस्ता पोल राखिएका छन् । गत वर्ष हिउँको याममा पर्यटकले यो पदमार्ग भएर पार गर्न सकेका थिएन । उत्तरी बेस क्याम्प पुगेर घुन्सा झरेका पर्यटक सेलेले पुगेर चार हजार पाँच सय मिटरको उचाइमा रहेको दक्षिणी बेस क्याम्प पुग्छन् । सेलेले पास निकै जटिल मानिन्छ । केही वर्ष अगडि फागुन–चैतको याममा हिँउले बाटो पुर्दा केही पर्यटकले सेलेले पास गर्न नसकेको घुन्साका टासी तेन्जिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार पोल भएपछि अहिले सहज भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज तुल्याउनाका लागि योजनाअनुसार नै स्नो पोल राखिएको समृद्ध पहाड परियोजना ताप्लेजुङका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताउनुभयो । पदयात्रीलाई बाटो देखाउन तथा आवश्यक जानकारी प्रदान गर्ने हेतुले साइनेज तथा इन्फर्मेसन बोर्ड राखिएको उहाँको भनाइ थियोे । हिउँ पर्ने याममा हिउँले बाटो छोप्ने भएकाले स्नो पोल राखिएको हो । नेपालमा रहेका हिमालमध्ये दुईवटा भ्यू हेर्न सकिने एक मात्र हिमाल कञ्चनजङ्घा हो ।

लामो समय कोभिडका कारणले पर्यटकको आगमन सुनसान बनेको कञ्चनजङ्घा क्षेत्रमा अहिले क्रमिक रुपमा पर्यटकको चहलपहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले बताउनुभयो । पर्यटको आगमन बढ्दै गएसँगै ठाउँठाउँमा होटेल तथा टी–हाउस खुल्ने क्रम बढे पनि पदमार्ग विकास गर्ने र अन्य सुविधाको विस्तार गर्ने काम भने भएको छैन । बिरामी हुँदा स्वास्थ्योपचार, टेलिफोन सम्पर्क, इन्टरनेट र सुरक्षा व्यवस्थाको अभाव छ । बाटोलाई पर्यटक हिँड्ने किसिमको बनाउन आवश्यक रहेको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र दक्षिण एसियाकै पहिलो समुदायमा हस्तान्तरित संरक्षण क्षेत्र हो । ताप्लेजुङमा रहेको सुकेटार विमास्थल तथा सदरमुकाम फुङलिङदेखि हाङद्रुङसम्म गाडीमा जान सकिन्छ । ताप्लेजुङ सदरमुकामदेखि नै उत्तरी बेस क्याम्पसम्म रहेका आठवटा क्याम्पमा पैदलै यात्रा गर्नुपदर्छ । सुविधा कम भए पनि पर्यटक बढ्ने क्रममा छ । गत वर्ष १२ विदेशी पर्यटकले कञ्चनजङ्घा भ्रमण गरेका थिए । यस वर्षको कात्तिकमा मात्र ६५ विदेशी पर्यटक र १०० नेपाली पर्यटकले कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण गरेको पर्यटन सहायक शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड