बहुमत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजय भए तरुण दल अध्यक्ष जित जङ्ग बस्नेत – OSNepal

बहुमत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजय भए तरुण दल अध्यक्ष जित जङ्ग बस्नेत

osnepalmain November 23, 2021 0

नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत सोमबार सम्पन्न ललितपुर क्षेत्र नं. ३ को अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा बहुमत प्राप्त गरी नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेत विजय भएका छन् ।

खसेको कुल मत ३९९ मध्ये उनले २७८ मत प्राप्त गरी प्रथम स्थानमा उनले विजय हासिल गरेका हुन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भए पश्च्यात पार्टीको केन्द्रीय समितिको केन्द्रीय सदस्यको उम्मेदवार लड्नको लागि उनको लागि बाटो खुल्ला भएको छ ।

उनले यस अगाडी नै यसपटकको नेपाली कांग्रेसको महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यको लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नेपाल विद्यार्थीको राजनीति हुँदै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष सम्म आइपुग्दा अहिलेको समयमा युवा पुस्तामा लोकप्रिय युवा नेताको रुपमा अध्यक्ष जित जङ्ग बस्नेत स्थापित रहेका छन् ।

ईमान्दार र निष्ठावान एवं हक्की स्वभावका कारण देशभरका युवाहरुको माझमा उनको लोकप्रियता बढ्दो छ । यसकारण पनि यसपटकको नेपाली कांग्रेसको महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उनि बहुमत ल्याएर विजय हुने अड्कल धेरैले लगाउन थालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर