चार वर्ष जेला सजाय भएपछि फरार रहेका नविन पक्राउ पक्राउ परे लगत्तै कारागार चलान — OSNepal

चार वर्ष जेला सजाय भएपछि फरार रहेका नविन पक्राउ पक्राउ परे लगत्तै कारागार चलान

LC (KTM) November 23, 2021 0

सुनसरी ७ मंसिर । चार वर्ष जेल सजाय पाएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१६ गैरीटोल बस्ने ५५ बर्षीय नविन गिरी रहेका छन् ।

उच्च अदालत विराटनगरको २०७७ माघ ७ गतेको फैसलाबाट ठहर भएको ४ वर्ष ७ महिना ४ दिन कैद सजाय भुक्तान नभई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अबस्थामा सोमबार पक्राउ गरेको हो ।

फैसला कार्यान्यवनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि करागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर