बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु — OSNepal

बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

LC (KTM) November 23, 2021 0

पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ ।

मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन् ।सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर