पाइलटले आफ्नो डियुटी सकिएको भन्दै रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको बिमान नेपालगञ्जमा अवतरण गरिदिएपछि... — OSNepal

पाइलटले आफ्नो डियुटी सकिएको भन्दै रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको बिमान नेपालगञ्जमा अवतरण गरिदिएपछि…

LC (KTM) November 23, 2021 0

काठमाडौं ७ मंसिर । रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर बिमान नेपालगञ्जमा अवतरण गरेको छ ।

विमानका पाइलट पेम्बा शेर्पाले आफ्नो डियुटी सकिएको भन्दै नेपालगञ्जमा अवतरण गराएपछि विमानका यात्रुहरु अलपत्र परेका छन् ।

८ जना यात्रु सवार रहेको उक्त विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको थियो ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने यात्रुहरुले दुख पाएको भन्दै यात्रुलाई क्षतिपूर्ती दिने समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर