न्यायालयको विवाद वार्ताबाट छिटोभन्दा छिटो समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल — OSNepal

न्यायालयको विवाद वार्ताबाट छिटोभन्दा छिटो समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

LC (KTM) November 23, 2021 0

जनकपुर, ७ मङ्सिर-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताउनुभएको छ ।जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भन्नुभयो,“हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरु कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएकोे विवाद समाधान गर्नुपर्छ ।”

समस्या समाधानमा ढिलाइ हँुदा आम जनतामा नाकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुनेगरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले अगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने विश्वास व्यक्त गर्दै आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको बताउनुभयो ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि गठबन्धलाई निरन्तरता दिएर जाने विषयमा नियमित छलफल भइरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले तीनै तहको निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा पाँच दल सहमत रहेको बताउनुभयो । चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयोे, “एउटा प्रदेशमा एकै दिन तीनै तहको निर्वाचन, पुनः अर्काे प्रदेशमा अर्काे एकैदिन तीनै तहको निर्वाचन गर्दा राम्रो हुन्छ ।” त्यसो गर्दा देशलाई पनि आर्थिक भार कम पर्ने र उम्मेदवारको पनि खर्च कम हुने उहाँको सुझाव थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर