चुनौती दिन पाइने भन्दै ओलीले भीम रावललाई लक्षित गर्दै भने -चुनौतीलाई स्वागत गर्छु — OSNepal

चुनौती दिन पाइने भन्दै ओलीले भीम रावललाई लक्षित गर्दै भने -चुनौतीलाई स्वागत गर्छु

LC (KTM) November 23, 2021 0

काठमाडौं ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई चुनौती दिन पाइने बताएका छन् ।

पार्टीको १० औं महाधिवेशनमा पनि आफु नै सर्वसम्मत अध्यक्ष हुने भन्दै आएका ओलीले अध्यक्षमा नेता रावल उठेपछि उनलाई चुनौती दिने पाइने बताएका हुन् ।

मंगलबार आयोजित सम्पादकहरुसँगको अन्तर्क्रियामा अध्यक्ष ओलीले चुनौतीलाई स्वागत गर्ने बताएका हुन् ।

‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ’ अ‍ोलीले भने ।

नेता रावललाई आफूप्रति सम्मान देखाएको र थकाइ लागेको भए म उठ्छु मात्र भनेको बताएका   छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर