OSNepal शनिबार, मंसिर १८ २०७८

दोब्बरले बढ्यो जडिबुटीको लोकप्रिय उत्पादन सन्चो

दोब्बरले बढ्यो जडिबुटीको लोकप्रिय उत्पादन सन्चो

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


दोब्बरले बढ्यो जडिबुटीको लोकप्रिय उत्पादन सन्चो
Reading Time: 2 minutes

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लोकप्रिय उत्पादन सन्चो प्याकिङ गर्दै कर्मचारी । रुघाखोकी, ज्वरो, जीउ तथा हाडजोर्नी समस्या हुनेले यसको प्रयोग गर्दा ठीक हुने गरेकाले यसको लोकप्रियता बढेको हो । लोकप्रिय भएकै कारण कम्पनीले गत वर्षदेखि सन्चोको उत्पादनमा दोब्बरले वृद्धि गरेको छ । तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस

उपयोगमा कृषि प्रदर्शनीस्थल-कृषिमा आधुनिकीकरण गर्ने भन्दै गत आर्थिक वर्षमा मात्रै कृषि ज्ञान केन्द्र बागलुङले ३२ उच्च प्रविधिको हरित गृह निर्माण ग¥यो । त्योबाहेक स्थानीय तहले निर्माण गरेका र अघिल्ला आर्थिक वर्षमा निर्माण भएका हरित गृहमा किसानले तरकारी फलाइरहेका छन् । तरकारीसमेत आयात गरेर खानुपर्ने अवस्थामा रहेको बागलुङ अहिले तरकारी, अण्डा र दूधमा आत्मानिर्भर भइसकेको केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो । यान्त्रिक हलो र कृषि उपज प्रशोधन मेसिनहरु पनि ज्ञान केन्द्रले वितरण गरिरहेको छ । किसान आधुनिक बन्दै जाँदा जैविक उत्पादन घटेको भन्दै ज्ञान केन्द्रले जैविक उत्पादनलाई पनि जोड दिँदै आएको छ । जिल्लाको निसीखोला, तमानखोला, ताराखोला र ढोरपाटन क्षेत्रमा जैविक उत्पादन संरक्षणको कार्यक्रम छ ।

जैविक खेतीलाई सघाउन कृषि विकास कार्यालयले सुरुआत गरेको प्रदर्शनीस्थल भने उपयोगविहीन थियो । साबिकको कृषि विकास कार्यालय खारेज भएपछि उपयोगविहीन भएको कृषि उत्पादन प्रदर्शनीस्थल पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा रहेको प्रदर्शनीस्थल सञ्चालनमा ल्याएर तरकारी, खाद्यबालीको उत्पादन तथा प्रदर्शन थालिएको हो । ज्ञान केन्द्रले जैविक उत्पादन र आधुनिक प्रविधिमा उत्पादन गर्ने विधि अपनाएर प्रदर्शनीस्थलमा तरकारी तथा खाद्यबाली लगाएको हो । ७२ वर्गमिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीस्थलमा दुईवटा उच्च प्रविधिका हरित गृह निर्माण गरिएको छ । त्यो बाहेकको जमिनमा विभिन्न प्रजातिका तरकारी लगाइएको ज्ञान केन्द्रले जनाएको छ ।

“हामी यहाँ बीउ, मल र सिँचाइसमेतको परीक्षण गर्ने गरेका छौँ,” केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो, “यहाँको सिकाइले किसानलाई सिकाउन सहज हुन्छ ।” प्रदर्शनीस्थल पुनः सञ्चालनमा आएपछि मकै खेती लगाएको केन्द्रले अहिले गोलभेँडा लगायतका तरकारी बालीको परीक्षण गरिरहेको छ । बायोचार (घाँसपात जलाएर बनाइने मल) उत्पादन तथा त्यसको प्रयोग प्रदर्शनीस्थलमा गरिएको छ ।

“जैविक उत्पादनको परीक्षण बढी गर्ने गरेको छौँ, सोही अनुसारको सिफारिस किसानलाई गर्छौं,” ज्ञान केन्द्रका बागबानी विकास अधिकृत कुमार पुनले भन्नुभयो, “उत्पादनमा लाग्ने समय, माटोको जाँच, मल, बीउ र सिँचाइ गर्दा र नगर्दा हुने उत्पादनको फरकसमेत हामी किसानलाई देखाउँछौँ ।” लामो समय खाली रहँदा जङ्गल बनेको प्रदर्शनीस्थल तरकारी बालीले सिङ्गारिएको छ । प्रदर्शनीस्थलमा केन्द्रका प्रमुखलगायत बागबानी विकास अधिकृत, बाली विकास अधिकृतहरु पुग्ने गर्नुभएको छ । “किसान र विज्ञ सबैको सिक्ने थलो हो,” उहाँले भन्नुभयो, “अझै फराकिलो ठाउँ भए धरै परीक्षण गर्न सकिन्थ्यो ।”

उपयोगविहीन भएको प्रदर्शनीस्थलको जमिन बेलाबेलामा चर्चामा आउने गरेको थियो । कृषि विकास कार्यालय खारेज भएसँगै सदरमुकाममा रहेको प्रदर्शनीस्थलमा धेरैका आँखा गडेका थिए । ज्ञान केन्द्रले उक्त जमिन उपयोग गर्न थालेपछि प्रदर्शनीस्थलको उपयोगको विषयमा चर्चा हुन छोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड