OSNepal मंगलबार, मंसिर १४ २०७८

भीषण बाढीले रातो पुल बगाएपछि प्रभावित हेलम्बुका सर्वसाधारणलाई आवागमन सहज बन्दै

भीषण बाढीले रातो पुल बगाएपछि प्रभावित हेलम्बुका सर्वसाधारणलाई आवागमन सहज बन्दै

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


भीषण बाढीले रातो पुल बगाएपछि प्रभावित हेलम्बुका सर्वसाधारणलाई आवागमन सहज बन्दै
Reading Time: < 1 minute

काठमाडौँ, ७ मङ्सिर -सिन्धुपाल्चोकको चनौटे–भिरखर्क जोड्ने रातो पुलको अभावमा सास्ती भोगेका स्थानीयवासीहरुको आवागमन क्रमशः सहज बन्दै गएको छ ।मेलम्ची खोलामा गत असारमा आएको भीषण बाढीले रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकालगायत आसपासका क्षेत्रमा सर्वसाधारण प्रभावित भएका थिए ।

नेपाली सेनाले गत कात्तिक ४ गतेदेखि रातोपुल भएकै स्थानमा ‘बेलिब्रिज’ बनाउने जिम्मेवारी पाएपछि पथान्तरण गरेर आवागमन सहजा तुल्याएको छ । बेलिब्रिजको नापनक्सा तयार भएको आकार र लागत पनि निर्धारण गरिएको जानकारी दिँदै नेपाली सेनाले बेलिब्रिज जडान गर्ने स्थानमा पूर्वाधार निर्माणका काम जारी रहेको बताएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी पथान्तरणसहित अस्थायी बाटो निर्माण भई हाल दैनिक ५० वटा यात्रुवाहक र मालवाहक सवारीसाधन सञ्चालन भइरहेको जनाएको छ । पथान्तरणसँगै किउल, टिम्बु, पाँचपोखरीलगायत हेलम्बुसम्मको आवागमन सहज भएको छ । आगामी पुस मसान्तभित्र बेलिब्रिज जडान भइस्क्ने पनि जनाइएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड