मध्य राति मोटरसाइकलमा यस्तो सामान सहित सवार बिजय र उनका साथी पक्राउ — OSNepal

मध्य राति मोटरसाइकलमा यस्तो सामान सहित सवार बिजय र उनका साथी पक्राउ

LC (KTM) November 23, 2021 0
nepal police

कैलाली ७ मंसिर । अवैध लागु औषध ब्राउन सुगरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धनगढी उपमहानगरपालिका-२बैयाबेहडी बस्ने २६ वर्षीय सन्देश बोगटी र सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय बिजय मगराती रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ७ ग्राम ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामत गरेको छ ।

लु.४५ प २६५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागु औषध सहित पक्राउ गरिएको हो ।

यस विषमया प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर