दाङ ७ मंसिर । अवैध लागु औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बराईन बस्ने २८ वर्षीय नईम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका नईमलाई जाँच गर्नेक्रममा अमलीयास्थित सडकमा उक्त लागु औषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका निजउपर थप कारवाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।