कैट्रीनाको गीत टिप टिप बर्षा पानीमा बिक्की कौशलकी भुपू गर्ल फ्रेण्ड हरलीन सेठीको बबाल बेली डान्स — OSNepal

कैट्रीनाको गीत टिप टिप बर्षा पानीमा बिक्की कौशलकी भुपू गर्ल फ्रेण्ड हरलीन सेठीको बबाल बेली डान्स

LC (KTM) November 23, 2021 0

कैट्रीना कैफको हालै रिलिज भएको फिल्म सुर्यबंशीको टिप टिप बर्षा को नयाँ भर्सनलाई एकदमै मन पराई रहेका छन् फ्यानहरुले । यस गीतको ओर्जीनल अभिनेत्री रबीना टण्डनले पनि कैट्रीनाको तारीफ गरेकी थिईन् । अब यस आइकोनिक गानामा कैट्रीनाका हुनेवाला श्रीमान् बिक्की कौशलकी एक्स गर्लफ्रेण्ड हरलीन सेठीले जोडदार बेली डान्स गरेकी छिन् ।

हरलीनले बेली डान्स गरेको यो भिडियो आफ्नो इन्ष्टाग्राममा शेयर गरेकी छिन् । टर्टल नेक क्रप टप, ब्ल्याक लेगिंग्स तथा कम्मरमा स्कार्फ लगाएर उनले कमालको बेली डान्स गरेकी छिन् । उनले ४ घण्टाको रिहर्सल पछि बेली डान्समा आफ्नो बेस्ट पफर्मेन्स दिएकी हुन् । उनले लेखेकी छिन्– त्यो हरेक चिज जसले मलाई चुनौती दिन्छ त्यसबाट मलाई आफु जिउँदो हुनुको महशुस हुन्छ ।

४ घण्टाको रिहर्सल , एकदम नयाँ डान्स फर्म  । मज्जाको कुरा त यो छ कि बिक्की कौशलकी एक्स गर्लफ्रेण्ड हुन् हरलीन । साथै बिक्कीको कैट्रीना संग बिबाहको तयारी भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर