३५१ जनामा कोरोना पुष्टि हुँदा २७३ जना निको, नौ जनाले ज्यान गुमाए — OSNepal

३५१ जनामा कोरोना पुष्टि हुँदा २७३ जना निको, नौ जनाले ज्यान गुमाए

LC (KTM) November 23, 2021 0

देशभर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दश हजार १७४ को पिसिआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३७० पुगेको छ । पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ८९० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट नौ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०९ पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय ९८ हजार ५११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३०० रहेको छ । हाल होम आइसोलेसनमा छ हजार ८६९, संस्थागत आइसोलेसनमा ४३१, आइसियुमा २२३ र भेन्टिलेटरमा ५१ जनाको उपचार हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर