क्रिकेटर राहुल र सुनिल शेट्टीकी छोरी अथिया प्रेममा — OSNepal

क्रिकेटर राहुल र सुनिल शेट्टीकी छोरी अथिया प्रेममा

LC (KTM) November 23, 2021 0

सुनिल शेट्टीकी छोरी तथा बलिउड अभिनेत्री अथिया शेट्टी र क्रिकेटर केएल राहुलबीचको सम्बन्धलाई लिएर एकदमै चर्चा हुने गरेको छ । यी दुबै जोडी लामो समय देखी एक अर्का संग डेट गरिरहेका छन् । तर उनीहरुले अहिले सम्म आधिकारीक रुपमा आफ्नो सम्बन्ध बारे केही बोलेका छैनन् ।

तर उनीहरु दुबै जना एकै साथ देखिईरहेका हुन्छन् । त्यतिमात्र हैन सामाजिक सञ्जालमा केएल राहुल र अथिया शेट्टी एक अर्काको बारेमा पोष्ट गरिरहेका हुन्छन् । हालै केएल राहुलले फ्यानहरु संग इन्ष्टाग्राममा सवाल जवाफ सेशन राखेका थिए । यसैक्रममा फ्यानको साथ साथमा अथियाले पनि राहुलको पोष्टको जवाफ दिएकी छिन् ।

अथियाले राहुल संग भनेकी छिन् तिमिले मलाई जरुर भिडियो कल गर्नु पर्छ । हालै केएल राहुलले अथियालाई भिडियो कल गरेका थिए तर उनले केही जवाफ दिएकी थिईनन् ।

त्यसैले रिसाउँदै केएलले एउटा फोटो शेयर गरेर लेखेका छन्– मेरो अनुहार जब तिमि भिडियो कल उठाउँदिनौ । आफ्नो जवाफमा केएल राहुले अथियालाई पनि ट्याग गरेका छन् । आफ्नी छोरी र केएलको सम्बन्ध बारे सुनिल शेट्टी दुबै जना एकदमै मिल्ने साथी रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर