एमाले महाधिवेशनः प्रचारप्रसारका लागि दुई हजार बढी मोटरसाइकल र्‍याली — OSNepal

एमाले महाधिवेशनः प्रचारप्रसारका लागि दुई हजार बढी मोटरसाइकल र्‍याली

LC (KTM) November 23, 2021 0

काठमाडौँ, ७ मङ्सिर- नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि आज यहाँ मोटरसाइकल ¥याली गरिएको छ । युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको ¥यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएको आयोजकले जनाएको छ ।

जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवा एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर ¥यालीमा सहभागी भएका थिए । नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल ¥यालीले भरतपुर महानगरपालिकाको विभिन्न भागको परिक्रमा गरेको थियो । एमाले महाधिवेशन प्रचारप्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको ¥याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पुनः महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा पुगेर समापन भएको थियो ।

युवा सङ्घ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल ¥यालीको आयोजना गरिएको बताउनुभयो । भरतपुरसँगै जिल्लाका अन्य पालिकामा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल ¥याली निकालिएको केसीको भनाइ छ ।नेकपा एमालेको केन्द्रीय निर्देशनानुसार आज नवलपुर, मकवानपुरसहित देशका मुख्य सहरमा युवा सङ्घले मोटरसाइकल ¥याली निकालेको जनाइएको छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म चल्ने छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर