मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग — OSNepal

मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग

LC (KTM) November 23, 2021 0

काठमाडौं- १ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ । मन्त्रालयले अर्थ मन्त्रालयसँग यसअघि बनेको पुनर्स्थापनाको कार्ययोजनाबमोजिम नै बजेट माग गर्ने निर्णय गरेको हो ।

आयोजनाका एक अधिकारीका अनुसार आगामी हिउँदभित्रै अस्थायी संरचनामार्फत काठमाडौंमा मेलम्चीको पानी खसाल्ने गरी बजेट मागिएको हो । मेलम्चीले सुरुमा बनाएको कार्ययोजनाअनुसार आयोजना पुनर्स्थापनाका लागि एक अर्ब ८५ करोड रुपैयाँ खर्च लाग्ने देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर