पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान शुरु — OSNepal

पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान शुरु

LC (KTM) November 23, 2021 0

तेल अभिभ ७ मङ्सिर-इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ ।
गर्मीको समयमा यस यहूदी राज्यमा डेल्टा भेरियन्ट कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भएको थियो ।

एघार वर्ष मुनिका बालबालिकाहरुमा हालसालै पुष्टि भएका घटनाहरुको कारण बालबालिकामा कोरोना लहर अनुभव र सङ्क्रमण फेरि बढ्न थालेको प्रधानमन्त्री नफ्ताली बेनेटले बताउनु भएको छ । यसअघि बाह्रदेखि १७ वर्षका किशोरकिशोरी खोप दिन सुरु गरिसकिएको थियो । तर फाइजरद्वारा गरिएको परीक्षण र इजरायली वैज्ञानिकहरूको प्यानलबाट भएको अनुसन्धानको आधारमा उमेर सीमा घटाउने निर्णय भएको जनाइएको छ ।

यो सजिलो निर्णय नभएको, तर संयुक्त राज्य अमेरिकाबाट उपलब्ध भएको डाटाको आधारमा पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको समाचारमा जनाइएको छ । प्रधानमन्त्रीले मंगलबार बिहान आफ्नै कान्छो छोरालाई खोप लगाउने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ । इजरायल गत वर्ष कोरोनाभाइरसविरुद्ध खोपहरू शुरुवात गर्ने पहिलो देशहरु मध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर