OSNepal आइतबार, मंसिर १९ २०७८

अछामका दुईवटै निर्वाचन क्षेत्रमा मत गणना हुँदै

अछामका दुईवटै निर्वाचन क्षेत्रमा मत गणना हुँदै

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


अछामका दुईवटै निर्वाचन क्षेत्रमा मत गणना हुँदै
Reading Time: < 1 minute

नेपाली कांग्रेसको क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदान कार्य सम्पन्न भएको छ । बिहान ११ बजेदेखि सुरु मतदान कार्य साँझ ७ बजे सम्पन्न सम्पन्न भएको हो ।

अछाम क्षेत्र नम्बर १ को लागि साँफेबगरमा मतदान केन्द्र ताकिएको छ भने क्षेत्र नम्बर २ को लागि कमलबजार बहुमुखी क्याम्पसमा मतदान केन्द्र राखिएको थियो । निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको नेपाली कांग्रेस अछामले जानकारी दिएको छ ।

यस्तै क्षेत्र नम्बर १ मा ७ सय ६५ मतदाता रहेकोमा ६ सय ४१  मत खसेको नेपाली कांग्रेस अछामले जानकारी दिएको छ । मतदान कार्य सम्पन्न भएसँगै मत गणना कार्यको थालिएको छ ।

क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पदका लागि ४ जना, सचिवको लागि ३ जना, सहसचिव पदका लागि ४ जना, महाधिवेशन प्रतिनिधि खुल्लाको लागि २७ जना, खुल्ला महिलाको लागि ५ जना, खसआर्य खुल्ला तर्फको लागि १३ जना र ३ जना महाधिवेशन प्रतिनिधि खस आर्य महिला तर्फको लागि ६ जना चुनावी मैदानमा रहेका थिए ।

यस्तै ८ सय ४९ जना मतदाता रहेको क्षेत्र नम्बर २ मा ८ सय ४९ मत खसेको छ । यससँगै क्षेत्र नम्बर २ को मतदान कार्य सकिएको निर्वाचन अधिकृत मातृका प्रसाद भण्डारीले जानकारी दिए । क्षेत्र नम्बर २ मा २७ चुनावी मैदानमा थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड