OSNepal शनिबार, मंसिर ११ २०७८

रुपन्देही-२ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित

रुपन्देही-२ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


रुपन्देही-२ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित
Reading Time: < 1 minute

सुनसरी क्षेत्र नम्बर एकको क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहका सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ ।  धरान ८ सभागृहमा सम्पन्न निर्वाचनको मतपरिणामअनुसार पौडेल-कोइराला समूहबाट सभापति उम्मेदवार तामाङको प्यानल विजयी भएको हो । कुल मत गणना सम्पन्न हुँदा तामाङले ३९३ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी उम्मेदवार संस्थापन समूहकी लक्ष्मी खतिवडाले २१५ मत मात्र पाएर पराजित भइन् । विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाए ।

यसैगरी, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भए । खतिवडा प्यानलका उम्मेदवारद्धय देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत पाए ।

यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्वय नवीन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित भए । यसअघिका प्रदेशसभा अधिवेशन, नगर अधिवेशनमा पनि पौडेल-कोइराला पक्षले जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड