प्युठानमा पौडेल पक्षले अग्रता बनाए पछि देउवा पक्षको ढुंगामुढा , स्थिती नियन्त्रणमा लिन ४ राउण्ड गोली चल्यो , ७ घाईते मध्ये केहीको अवस्था गंभीर — OSNepal

प्युठानमा पौडेल पक्षले अग्रता बनाए पछि देउवा पक्षको ढुंगामुढा , स्थिती नियन्त्रणमा लिन ४ राउण्ड गोली चल्यो , ७ घाईते मध्ये केहीको अवस्था गंभीर

LC (KTM) November 23, 2021 0

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनलाई लिएर प्यूठान तनावग्रस्त भएको छ । मतगणनाको क्रममा आज बेलुकी सभापति शेर बहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको छ । प्रहरीको गोली लागेर ७ जना घाइते भएका छन्। जसमा स्यंम प्रहरी समेत घाईते भएको बताइएको छ ।

गोली लागेर गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि बुटवल लगिएको छ। गोली चलेको बिषयमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले भने असहमति जनाएका छन् । उनले प्रहरीले गोली नचलाएको बताए पनि त्यहाँका स्थानीयले गोली चलेको बताए ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ राउन्ड गोली चलाएको थियो । मतगणनाको क्रममा पौडेल पक्षका उम्मेदवार बिष्णु गिरीले अग्रता लिएका थिए । त्यसपछि देउवा पक्षले ढुंगामुढा गरेको थियो । त्यसपछि उत्पन्न बिबादले उग्र रुप लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर