जर्मनमा कोरोना संक्रमण तिब्र , सरकार भन्छ- खोप अनिबार्य लगाउ कि मर्नका लागि चिता ठिक पार — OSNepal

जर्मनमा कोरोना संक्रमण तिब्र , सरकार भन्छ- खोप अनिबार्य लगाउ कि मर्नका लागि चिता ठिक पार

LC (KTM) November 23, 2021 0

जर्मनमा हरेक दिन कोराना संक्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि जर्मनीले आफ्ना नागरिकलाई खोप अनिवार्य गर्ने तयारी गरेको छ । सरकारले संक्रमण बढेपछि कडा चेतावनी सहितको अभिब्यक्ति दिएको छ । जर्मन सरकारले कि खोप लगाएर निको होऊ नत्र मर भन्ने चेतावनी जारी गरेको छ । जर्मनले अब अनिवार्य खोप कार्यक्रम शुरु गर्ने भएको छ ।

जर्मन स्वास्थ्य मन्त्री जेन्स स्पानले यो हिउँदको अन्तसम्ममा प्रत्येक जर्मन नागरिकलाई कि खोप लगाएर सुरक्षित बनाइने वा मृत्युका लागि छाडिदिने चेतावनी दिएका छन् । जर्मनीका कतिपय क्षेत्रमा तीव्र संक्रमण दरका कारण लकडाउन गर्नु परेको छ । त्यस्तै अस्पतालहरु विरामीले भरिभराउ हुन थाले पछि स्वास्थ्यमन्त्री स्पानले कडा चेतावनी दिएका हुन ।

सत्ताबाट बाहिरिंदै गरेकी चान्सलर एंगेला मर्केलले पनि कारोना नियन्त्रणका लागि सरकारले चालेका नियन्त्रणकारी कदमहरु पर्याप्त नभएको भन्दै संक्रमणको गति नाटकीय रुपमा बढेकाले कठोर कमद जरुरी देखिएको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर