कांग्रेस अधिवेशन : प्युठानमा तनाव, प्रहरीले अश्रुर ग्यास प्रहार गर्‍यो, ६ जना घाइते — OSNepal

कांग्रेस अधिवेशन : प्युठानमा तनाव, प्रहरीले अश्रुर ग्यास प्रहार गर्‍यो, ६ जना घाइते

LC (KTM) November 24, 2021 0

प्युठान – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्युठानमा जिल्‍ला सभापतिको अधिवेशनमा तनाव भएको छ । स्वर्गद्वारी क्याम्पसमा अधिवेशन सम्पन्न भई मतगणना भइरहेका बेला तनाव भएको हो ।

कुल १०६५ मत खसेकोमा ६५ मत गणना गर्न बाँकी रहेका केही युवाले ढुंगामुडासहित अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुरग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख सत्यनारायण थापाले भने, ‘मतपरिनाम अन्तिम अवस्थामा पुग्दै गर्दा एक जत्थाले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले ५ राउन्ड असुर ग्यास प्रहार गरेको छ । दुईजना प्रहरीसहित ६ जना घाइते भएका छन् ।’

उनकाअनुसार एक जना प्रहरी, एक सशस्त्र प्रहरी र अन्य चार जना सर्वसाधारण घाइते भएका छन् । घाइते प्रहरी कर्मचारी चन्द्रबहादुर गाहा मगरलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भुसालले अहिले अवस्था नियन्त्रणमा रहेको बताए । तर केही समयका लागि मतगणना रोकिएको र चाँडै सुरु गरिने उनको भनाइ छ । ‘वत्तीको व्यवस्था गरेर चुडिएको डोरी मर्मत गरेर सुरु गर्ने तयारी निर्वाचन कार्यालयको छ,’ उनले न्युज कारखानासँग भने । बाहिरबाट क्याम्पसमा ढुंगा प्रहार भएपछि घटना भएको उनले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न भएको भनेर कसैलाई नियन्त्रणमा लिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर