OSNepal बिहिबार, मंसिर १६ २०७८

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्रको घटनास्थलमा नै मृत्यु , स्थानीयले लगाए गाडीमा आगजनी

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्रको घटनास्थलमा नै मृत्यु , स्थानीयले लगाए गाडीमा आगजनी

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्रको घटनास्थलमा नै मृत्यु , स्थानीयले  लगाए गाडीमा आगजनी
Reading Time: < 1 minute

सिन्धुली-बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको हो ।मोटरसाइकल चालक बागलुङ जिल्ला साविक दलिन गाविस–९ निवासी बुढामगर पर्सा प्रहरी कार्यालयमा कार्यरत प्रहरी भएको खुल्न आएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको ना३६प ५७९ नम्बरको मोटरसाइकललाई बर्दिबासतर्फ जाँदै गरेको बा२च ९२२६ नम्बरको बोलेरोले ठक्कर दिएको उहाँले जानकारी दिनुभयो ।

मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीयले बोलेरोमा आगजनी गरी राजमार्ग अवरुद्ध गरेका छन् । आज साँझ दुर्घटना भएको र आक्रोशित स्थानीयले बोलेरोमा आगजनी गरेका कारण राजमार्ग अवरुद्ध भएको हो । तीन घण्टादेखि राजमार्ग खुलाउने प्रयास प्रहरीले गरे पनि राजमार्ग सञ्चालन हुन सकेको छैन । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड