सम्पन्न नहुने भयो निर्माणाधीन सुक्खा बन्दरगाहको काम — OSNepal

सम्पन्न नहुने भयो निर्माणाधीन सुक्खा बन्दरगाहको काम

LC (KTM) November 24, 2021 0

काठमाडौं । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि रसुवा–टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ ।

शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि सो बन्दरगाहको अहिलेसम्म भौतिक प्रगति १८ प्रतिशत मात्र रहेको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ मङ्सिर ४ गते बन्दरगाहको शिलान्यास गरिएको थियो । २०७९ जेठभित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको द्विदेशीय व्यापारमा थप सहज बनाउने उद्देश्यसहित निर्माण भइरहेको रसुवा–टिमुरे सुक्खा बन्दरगाहको निर्माण निर्धारित समयमा सम्पन्न नहुने स्पष्ट पार्नुभयो ।यो खबर आजको खोरखापत्र दैनिकमा छ ।

समितिका कार्यकारी निर्देशक गजुरेलले कोभिड–१९ को महामारीका कारण चिनियाँ प्राविधिक कामदार स्वदेश फर्केपछि लामो समयसम्म निर्माण कार्य हुन नसक्दा निर्धारित समयमा बन्दरगाहको काम सम्पन्न हुन नसक्ने देखिएको स्पष्ट पार्नुभयो । यस परियोजनामा सबै कामदार र प्राविधिक चीनका नै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर