OSNepal मंगलबार, मंसिर १४ २०७८

नुवाकोटबाट ल्याइएको मूला तनहुँमा बिक्री गर्दै व्यवसायी

नुवाकोटबाट ल्याइएको मूला तनहुँमा बिक्री गर्दै व्यवसायी

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


नुवाकोटबाट ल्याइएको मूला तनहुँमा बिक्री गर्दै व्यवसायी
Reading Time: < 1 minute

नुवाकोटबाट ल्याइएको मूला तनहुँको सदरमुकाम दमौलीमा बिक्री गर्दै । मूला प्रतिमुठा रु एक सयमा बिक्री गर्ने गरेको व्यवसायी बताउँछन् ।

अग्नीपीडित परिवारलाई राहत वितरण – हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ ।
वाग्मती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बुका अध्यक्ष पेमा ह्योल्मो, जिल्ला कमिटी सदस्य सिपी दुलाल, हेलम्बु–५ का अध्यक्ष मिङमार तामाङलगायतको टोलीले मङ्गलबार पीडित परिवारलाई भेटेर राहत सामग्री वितरण गरेको हो ।

टोलीले पीडित प्रतिपरिवारलाई रु १७ हजार, तीन बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायत वितरण गरेको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिनुभयो । सोमबार साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा सञ्च तामाङको गोठमा आगलागी हुँदा ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र पाँच वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड