काँग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै — OSNepal

काँग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

LC (KTM) November 24, 2021 0

काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिएका छन् ।

केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । सभापति देउवाको महाधिवेशन केन्द्रित गरी गठन गरिएको सचिवालयले जानकारी दिएअनुसार प्रारम्भिक नतिजामा देउवा पक्षका महाधिवेशन प्रतिनिधि बढी निर्वाचित भएका छन् ।

देउवा सचिवालयले जानकारी दिएअनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा देउवा निकट महाधिवेशन प्रतिनिधि १२ जना निर्वाचित भएका छन् भने ललितपुर जिल्लाको निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये ७० प्रतिशत देउवा पक्षका छन् ।

मकवानपुरमा पनि ७० प्रतिशतको हाराहारीमा आफ्नो पक्ष निर्वाचित भएको दाबी गरिरहेको देउवा सचिवालयले झापामा कृष्णप्रसाद सिटौला पक्षसँग नमिल्दा पनि ३० प्रतिशत महाधिवेशन प्रतिनिधि देउवा पक्षको निर्वाचित भएको जनाएको छ ।

पाल्पामा भने अधिकांश महाधिवेशन प्रतिनिधि संस्थापनइतर पक्षका निर्वाचित भएको बताइन्छ । काँग्रेस विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जनाको दरले महाधिवेशन प्रतिनिधि चयन हुन्छन् ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिको नतिजा आउन थालेसँगै केन्द्रीय नेतृत्व दावी गरिरहेका नेताहरू मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औं महाधिवेशनका लागि टिमसहित नेतृत्व दावी गर्ने रणनीति बनाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर