कांग्रेस महाधिवेशन : बैतडीको सभापतिमा चन्द विजयी — OSNepal

कांग्रेस महाधिवेशन : बैतडीको सभापतिमा चन्द विजयी

LC (KTM) November 24, 2021 0

बैतडी, ८ मङ्सिर -नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मतान्तरले विजयी हुनुभएको हो । सभापतिमा चन्दले ८०९ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिनुभयो । यस्तै उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी हुनुभयो । अर्का उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी हुनुभयो । उपसभापतिमा चन्द प्यानलका रमेशदत्त पाण्डे (६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित हुनुभयो ।

यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी हुनुभयो । सचिवमा पराजित भट्ट प्यानलका रमेशसिंह भण्डारीले ५९५ र कर्णबहादुर बोहराले ५२९ मत प्राप्त गर्नुभयो । सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत जोशीले जानकारी दिनुभयो । सो पदमा पराजित भट्ट प्यानलका घनश्याम भट्टले ५३० र रमेश कोलीले ५७४ मत ल्याउनुभयो । एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन् । जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर