स्कुटरलाई बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा विद्यार्थी नेता देवकोटाको मृत्यु — OSNepal

स्कुटरलाई बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा विद्यार्थी नेता देवकोटाको मृत्यु

LC (KTM) November 24, 2021 0

गोरखा -विद्यार्थी नेता सुवर्ण देवकोटाको दुर्घटनामा परी ज्यान गएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक देवकोटाको तनहुँको भन्सार भन्ने ठाउँमा मङ्गलवार भएको दुर्घटनामा परी ज्यान गएको हो ।

पालुङटार नगरपालिका ४ घर भएका उनी डुम्रे जाँदै गरेका देवकोेटा चढेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ना ६ ख ९१३४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका देवकोटाको डुम्रेको मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर