आजदेखि दैनिक ११ घण्टा बन्द हुँदै तानसेन–रिडी–तम्घास सडकखण्ड — OSNepal

आजदेखि दैनिक ११ घण्टा बन्द हुँदै तानसेन–रिडी–तम्घास सडकखण्ड

LC (KTM) November 24, 2021 0

काठमाण्डौ – पाल्पा र गुल्मीको तानसेन–तम्घास सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने भएको छ ।यो सडक दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन–रिडी–तम्घास सडकखण्डको पाल्पा जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कार्य भइरहेकाले आउँदो २२ गतेसम्म सडक बन्द गरिन लागिएको हो । सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावस्यक बाहेकका गाडीलाई रोक लगाइएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर