चलचित्र ‘घुइँचो’ मा अभिनेता कुन्साङसंग एलिजा गौतमको रोमान्स — OSNepal

चलचित्र ‘घुइँचो’ मा अभिनेता कुन्साङसंग एलिजा गौतमको रोमान्स

LC (KTM) November 24, 2021 0

काठमाडौं । चलचित्र ‘घुइँचो’ मा अभिनेता कुन्साङ र अभिनेत्री एलिजा गौतमको मुख्य भूमिका रहने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माणको घोेषणा गरिएको हो । सामाजिक कथावस्तुलाई आधार मानेर बनाउन लागिएको यो चलचित्रको निर्देशन दीपेन्द्र लामाले गर्ने भएका छन् । यसअघि निर्देशक दीपेन्द्रले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ आदि चलचित्र निर्देशन गरिसकेका छन् ।

उनले चलचित्रको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने बताए । उनले चलचित्रलाई राम्रो बनाउन आफूले सकेको मिहिनेत गर्ने जिकिर गरे ।यस्तै, अभिनेत्री एलिजाले चलचित्रको कथा मन परेर नै काम गर्न लागेको बताइन् ।सौर्य दैनिकमा खबर छ । भिनेता कुन्साङले आफू चलचित्र क्षेत्रमा केही फरक भूमिका काम गर्ने रुचि भए पनि चलचित्रको कथावस्तु सुनेपछि आफूलाई मन परेको सुनाए ।

उनले अभिनेत्री एलिजाबारे आफूले धेरै कुरा सुनेको भन्दैसँगै काम गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरे । माघको अन्तिम साताबाट छायांकनमा जान लागेको यस चलचित्रको निर्माता रामजी दैलेखी रहेका छन् । निर्माता दैलेखीले चलचित्रका अन्य कलाकार र प्राविधिक चाँडै नै तय गर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर