ज्वाई निक र छोरी प्रियांका चोपडाको डिर्भोसको कुरा बाहिर आएपछि पहिलो पकट बोलिन आमा मधु — OSNepal

ज्वाई निक र छोरी प्रियांका चोपडाको डिर्भोसको कुरा बाहिर आएपछि पहिलो पकट बोलिन आमा मधु

LC (KTM) November 24, 2021 0

बलिउड हुदै हलिउडमा समेत आफ्नो प्भाव जमाउन सफल भएकी ग्लोबल आइकन प्रियंका चोपडाको पति निक जोनस संगको डिर्भोसको कुरा यतिबेला सामाजिक सञ्जालमा आगो सरी फैलिएको छ ।

धेरैको मन जितेको यो जोडीको डिभोर्सको कुराले उनका फ्यानहरु निक्कै चिन्तित देखिएका छन् । उनीहरुको माया देखेर जो कोही नि लोभिने गरेको बेला डिभोर्सको कुरा फैलिएको हो । यो हल्ला भने प्रियंका चोपडाले आफ्नो इन्स्टाग्रामको बायोबाट श्रीमान् निक जोनसको थर हटाएपछि सुरु भएको हो । थर हट्ने बित्तिकै अधिकांशले उनीहरुको सम्बन्ध बिग्रिएको अनुमान गरे ।

प्रियंकाले आफ्नो लोकप्रिय सोसल मिडियाको हेण्डलबाट श्रीमान् को थर किन हटाइन् भन्ने कुराले धेरैको मनमा सम्बन्ध बिग्रिएको भन्ने नै प्रश्न तथा कौतुहलता उत्पन्न गरायो । यस बिषयमा अहिले सम्म न प्रियंकाले न त निक जोनसले नै प्रतिक्रिया दिएका छन् । उनीहरुले डिर्भोसको बिषयमा केही बताएका छैनन् । तर प्रियंकाकी आमाले भने यो बिषयमा आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

उनले छोरी ज्वाईको सम्बन्ध अहिले पनि राम्रै रहेको र डिभोर्सको नराम्रो हल्ला फैलिएको भन्दै प्रतिक्रिया जनाएकी छिन् । प्रियंकाकी आमा मधु चोपडाले डिभोर्सको नचाहिदो खबर बाहिर आएको भन्दै यो गलत हल्ला चलेको जनाएकी छिन् । उनले सामाजिक संजाल प्रयोगकर्ताहरुलाई कसैको ब्यक्तिगत जिवनमा असर पुर्याउने गरी भ्रमको खेती नगर्न आग्रह समेत गरेकी छिन् ।

यता डिभोर्सको हल्ला चलिरहेका बेला निक जोनसले वर्कआउट सेसनको एउटा भिडियो बाहिर आएको छ । उनले आफैले यो भिडियो शेयर गरेका छन् । उक्त भिडियोमा अभिनेत्री प्रियंकाले समेत प्रतिक्रिया जनाएकी छिन् । उनले निकको भिडियोमा कमेन्ट गर्दै तिम्रो न्यानो अंगालोमा कसिनका लागि कायल छु भनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर