भारत–चीन युद्धमा मारिएका सेनाको चिहानलाई शैक्षिक आधार बनाउदै चीन — OSNepal

भारत–चीन युद्धमा मारिएका सेनाको चिहानलाई शैक्षिक आधार बनाउदै चीन

LC (KTM) November 24, 2021 0

बेइजिङ, ८ मंसिर- सिन्जियाङ प्रान्तस्थित एउटा चिहान गृहलाई चीनले ‘देशभक्त शैक्षिक आधार’को रुपमा विकसित गर्ने भएको छ । सो गृहमा सन् १९६२ मा चीन र भारतबीच भएको युद्धमा र गत वर्ष गलवान उपत्यकामा भारतीय सेनासँगको लडाइँमा मारिएका १०० जना भन्दा बढी सेनाको चिहान छन् ।

चीनको जनमुक्ति सेनाका अनुसार समुद्री सतहबाट १४ हजार फिट माथि रहेको काराकोरम पहाडमा अवस्थित सो चिहान गृहलाई शैक्षिक आधारको रुपमा विकसित गर्ने भएपछि सिन्जियाङ सरकारले पुनर्निमाण कार्य सुरु गरेको हाे । आगामी वर्षको नोभेम्बरसम्ममा पुनर्निमाण कार्य सम्पन्न हुनेछ ।

चिहान गृहमा देशकै पहिलो देशभक्त शैक्षिक आधार निर्माण गरिनेछ । यसै वर्षको जुलाईमा एक चिनियाँ ब्लगर सो क्षेत्रमा पुगेर सेल्फी खिचेपछि उनी पक्राउ परेका थिए । मृत सेनाको अपमान गरेको अभियोगमा उनलाई सात महिना जेल सजाय तोकिएको छ ।

चीन र भारतको विवादास्पद क्षेत्रबाट १०० किलोमिटर टाढा रहेको सो चिहान घर सन् १९६२ मा भारत–चीन युद्धमा मारिएका सेनाको स्मरणमा सन् १९६५ मा निर्माण गरिएको थियो ।

सन् २०२० को जुनमा गालवान उपत्यकामा मारिएका चार चिनियाँ सैनिकसहित त्यहाँ १०८ जनाको चिहान छ । गलवान युद्धमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर