OSNepal आइतबार, मंसिर १९ २०७८

माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज तथा केन्द्रिय सदस्य समेत रहेका बन्जाडेको सडक दुर्घटनामा मृत्यु

माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज तथा केन्द्रिय सदस्य समेत रहेका बन्जाडेको सडक दुर्घटनामा मृत्यु

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज   तथा  केन्द्रिय सदस्य   समेत रहेका    बन्जाडेको   सडक  दुर्घटनामा  मृत्यु
Reading Time: < 1 minute

काठमाडौं ८ मंसिर । मोटरसाइकल दुर्घटनामा परि नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज तथा केन्द्रिय सदस्य समेत रहेका रामप्रसाद बन्जाडे (टंकमणी) को मृत्यु भएको छ ।

गएराति बुटवलको जीतगढीमा ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका बन्जाडेको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापा भने गम्भिर घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड