पति नवीन्द्रराज जोशीको निधन पछि पत्नी सपना पनि सक्रिय राजनीतिमा, महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर निर्वाचित — OSNepal

पति नवीन्द्रराज जोशीको निधन पछि पत्नी सपना पनि सक्रिय राजनीतिमा, महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर निर्वाचित

LC (KTM) November 24, 2021 0

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । विद्यार्थीकालमा राजनीति गरेपनि लामो समय निश्क्रिय रहेकी जोशी काठमाडौं क्षेत्र नम्बर ८ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । उनले खुल्ला महिलातर्फ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

नवीन्द्रराजको निधन भएपछि सपना जोशी सक्रिय राजनीतिमा फर्किएकी हुन् । सो क्षेत्रमा नवीन्द्रराजले २०६४ र २०७० मा संविधानसभा सदस्यको चुनाव जितेका थिए । नवीन्द्रका दाइ राजुराज जोशी पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नवीन्द्रराजको निधन भएपछि सपना जोशी सक्रिय राजनीतिमा फर्किएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर