सर्वोच्चका असंतुष्ट भनिएका न्यायधिशबिच पनि फुट आएको हो ? — OSNepal

सर्वोच्चका असंतुष्ट भनिएका न्यायधिशबिच पनि फुट आएको हो ?

LC (KTM) November 24, 2021 0

काठमाडा । प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबराले हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढाएपछि सर्वोच्चका असंतुष्ट भनिएका न्यायधिशहरुमा बिभाजन आएको मात्र छैन, उनीहरु मध्ये ९ जनाले गोलाप्रथा कार्यान्वयन गर्न नहुने मत राख्न थालेका छन ।

राजपत्रमा गोलाप्रथा लागू गर्नेगरी राष्ट्रपति कार्यालयले सूचना जारी गरीसकेकोले उक्त सूचना अनुमोदन गर्न आज सर्वोच्च अदालतको फुल कोर्ट वैठक बोलाईएको छ । यो फुलकोर्टले गोलाप्रथा लागू गर्ने राजपत्रको सूचना अनुमोदन गर्ने कार्यसूचि रहेको छ ।

तर असंतुष्ट भनिएका ९ न्यायभिशहरुले गोला प्रथा लागू गर्न आव्हान गरिएको फूलकोर्टको आजको वैठक बहिष्कार गर्ने तयारी गरिएको छ । यसो गर्दा आफ्ना सेटिंगका सबै श्रृखलामा क्रमभंग हुने भएकोले बारका उच्च पूर्व पदाधिकारी र केही न्यायधिभशहरु अहिले गोलाप्रथा लागू नगर्ने रणनीतिमा जुटेको समाचार स्रोतले बताएको छ ।

गोला प्रथा लागू होस भन्ने बारको आन्दोलनको माग पुरा भएपछि अप्ठयारोमा परेको बारको आन्दोलन जारी रहेकै बेला असंतुष्ट भनिएका न्यायधिशहरु नै गोलाप्रथाको विपक्षमा उभिन थालेपछि गोलाप्रथा लागू गर्ने प्रक्रियामा विलम्व हुने देखिएको छ । यसले प्रधानन्यायधिशको राजीनामा माग्दै आन्दोलनरत बारको आन्दोलनलाई पनि थप कमजोर र असंतुष्ट भनिएका ९ न्यायधिशको ईमान र अडानमा पनि अनेकन प्रश्नहरु उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर