चुकन्दरले बढाउँछ पुरुषको यौनशक्ति — OSNepal

चुकन्दरले बढाउँछ पुरुषको यौनशक्ति

LC (KTM) November 24, 2021 0

काठमाडौँ — चुकन्दर अर्थात् बिटरुट निकै लाभदायक र पौष्टिक तरकारी हो । हेर्दा नै लोभलाग्दो, रातो देखिने यो तरकारीले सबै उमेर समूहका लागि उत्तिकै फाइदाजनक मानिन्छ ।प्राचीन कालमा चुकन्दरको उपयोग यौन स्वास्थ्य बलियो बनाउन गरिन्थ्यो । यसैले यसलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ ।

यसबाट नाइट्रिक अक्साइड निस्किन्छ, जसका कारण रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह बढ्दै जान्छ ।यसमा धेरै बढी मात्रामा रेसा ९फाइबर०, फ्लेभेनाइडस र भेटासायनिन हुन्छ  जसले गर्दा एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ, यसमा मिनरल सिलिकासमेत हुन्छ ।

यही तत्त्वले गर्दा हाम्रो शरीरले क्याल्सियमको प्रभावकारी रूपमा उपयोग गर्न सक्छ । यसमा फलिक एसिड उच्च मात्रामा पाइन्छ । यो पोषक तत्त्व गर्भवती र शिशुको लागि महत्त्वपूर्ण हुन्छ । यसले गर्भस्थ शिशुको मेरुदण्ड बनाउन सहयोग गर्छ । यति मात्र होइन, यसले गर्भवतीलाई अतिरिक्त ऊर्जा पनि दिन्छ ।

कन्दर खाँदा डिमेन्सिया ९बिर्सने रोग० बाट आराम पाउन सकिने मान्यता छ ।चुकन्दरको जुस खानाले व्यक्तिविशेषको स्टामिना १६ प्रतिशतसम्म बढ्ने दाबी गरिन्छ । यसो हुनुका पछाडि यसमा भएको नाइट्रेट तत्त्व कारक हुन्छ । शरीरमा अक्सिजनको वृद्घिले गर्दा मस्तिष्कले राम्ररी काम गर्न सक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर