लागूऔषध मुद्दाका फरार प्रतिवादी चक्र बहादुर पक्राउ — OSNepal

लागूऔषध मुद्दाका फरार प्रतिवादी चक्र बहादुर पक्राउ

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । लागुऔषध मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके राप्ती सोनारी गाउँपालिका-५ बिनौना बस्ने ५० वर्षीय चक्र बहादुर थारु रहेका छन् ।

जिल्ला अदालत बाँकेको २०७७ माघ २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना ५ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर