मोवाईलमा अश्लिल भिडियो देखाइ एकान्त ठाउँमा लगि बालयौन दुरुपयोग गरेको अभियोगमा २८ वर्षीय विष्णु पक्राउ — OSNepal

मोवाईलमा अश्लिल भिडियो देखाइ एकान्त ठाउँमा लगि बालयौन दुरुपयोग गरेको अभियोगमा २८ वर्षीय विष्णु पक्राउ

LC (KTM) November 24, 2021 0

पर्वत ८ मंसिर । एक किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका(४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् ।

आचार्यले १३ वर्षीया किशोरीलाई आफनो मोवाईलमा अश्लिल भिडियो देखाई यौन दुर्ब्यबहार गर्दै एकान्त ठाउँमा लगि बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले निजलाई सोमबार पक्राउ गरेको हो ।

निजउपर उपर बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर